
काठमाडौं । नेपाल शेर्पा संघले हालै प्रकाशित “नेपालका जातीय सामाजिक संरचना (भाग-नौ)” नामक पुस्तकमाथि आपत्ती जनाएको छ। नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा आङ्लमी शेर्पाद्वारा लेखिएको “शेर्पा समुदाय र तिनका सामाजिक संरचनाहरु” शीर्षकको लेखमा “शेर्पाको पुर्खा गोरखा जिल्लाको हिमाली भूभागबाट आएको भए पनि पछिल्लो चरण उनिहरु रसुवा लगायतको क्षेत्रमा फैलिएर रहेको र शेर्पाहरु बाँदर र राक्षसनीको सन्तान मान्दछ”।भन्ने भ्रमक र तथ्यहीन आलेख प्रकाशित गरेको भन्दै कडा आपत्ति जनाएको हो।
संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पाको हस्ताक्षर रहेको विज्ञप्तिमार्फत पुस्तकमा प्रस्तुत दृष्टिकोण ऐतिहासिक प्रमाण, मौखिक प्रम्परा र सांस्कृतिक दस्तावेज अनुसार शेर्पाको पुर्ख्यौली श्यारखुम्बु अर्थात सोलुखुम्बु रहेको र विशेष गरि सुनकोशी, दुधकोशी लगायत नदीको माथिल्लो उपत्यकाका भु भागहरु स्थापित छ भन्दै ध्यानाकर्षण गराएको छ।
नेपाल शेर्पा संघले नेपाल प्रज्ञा -प्रतिष्ठान, पुस्तकका सम्पादक तथा लेखकलाई शेर्पा परम्परासँग मेल नखाने उक्त लेख तत्काल सच्याउन र पुन मुद्रण गर्न समेत आग्रह गरेको छ।
यसै गरि नेपाल शेर्पा विद्यार्थी संघले पनि शेर्पा समूदायको उत्पत्ति सम्बन्धी तथ्यहीन लेख सार्वजनिक भएको भन्दै आपत्ति जनाएको छ । संघका अध्यक्ष फुर्वा छिरिङ शेर्पाले एक विज्ञप्ति जारी गरेर नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशीत भएको पुस्तकमा शेर्पा समूदायका विषयमा तथ्यहीन, अपमानजनक र पूर्ण रुपमा अस्वीकार्य पूर्ण विषयवस्तु प्रति आपत्ति जनाएका हुन् ।
संघले आपत्तिजनक शब्दावालीलाई सच्याउनका लागि पनि आग्रह गरेको छ ।














समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट