जेनजि पुस्ताको आन्दोलनलाई दुर्गा प्रसाईको समर्थन

काठमाडौं । भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले सोमबार गर्ने प्रदर्शनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि समर्थन जनाएका छन्। नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा हुने भनिएको आन्दोलनमा सहभागी हुने घोषणा गर्दै प्रसाईंले आइतबार आफ्नो फेसबुक पेजमार्फत जनताको आवाजमा साथ दिने बताएका हुन्।

‘यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैँ सरिक हुनेछु,’प्रसाईंले लेखेका छन्। साथै, उनले भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई धन्यवाद पनि दिएका छन्। गत चैत १५ मा सरकारद्वारा गरिएको दमनको प्रसंग जोड्दै प्रसाईंले लेखेका,’गत चैत १५ जस्तो सरकारले दमन नगरोस ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार