
काठमाडौं । जेनजी आन्दोलनमा सरकारले गरेको दमनप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कडा आपत्ति जनाएका छन्। उनले सोमबार सन्देश जारी गर्दै सरकार जनताप्रति क्रुर र अनुत्तरदायी बनेको आरोप लगाएका छन्।
कोइरालाले लेखेका छन्, “हातमा किताब–कापी बोकेर उज्ज्वल भविष्यको सपना देखिरहेका विद्यार्थीमाथि सरकारले बर्बरतापूर्वक गोली चलाएको छ। यसको जति निन्दा गरे पनि कम हुन्छ।”
उनले घटनामा मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारसँग आफू सदैव रहने उल्लेख गरेका छन्। कोइरालाले थपे, “तपाईंहरूको माग समयसापेक्ष र जायज छन्। आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवादभन्दा अरू केही होइन।”
उनका अनुसार, अब वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भएको छ र देशका समस्याको समाधान लोकतान्त्रिक तरिकाले खोजिनुपर्छ।
फेसबुक प्रतिक्रिया












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात