काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सपथ लिएको ३ दिन पछि मन्त्रीपरिषद् विस्तार गरेकी छिन् । उनले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी हुन् ।
नयाँ मन्त्रीहरुमा अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त भएका हुन् । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन् । घिसिङ नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशक हुन् भने अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका कानुनी सल्लाकार हुन् ।
तीनै जना नयाँ मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौँ लगायत देशभरि प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।