
काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । सिटीले नापोलीलाई २–० ले पराजित गरेको हो ।
सिटीका लागि पहिलो गोल ५६ औँ मिनेटमा एर्लिङ हालान्डले गरे । योसँगै च्याम्पियन्स लिगमा हालान्डको ५० गोल पूरा भएको छ । दोस्रो गोल ६५औँ मिनेटमा जेरमी डोकुले गरे ।
त्यस्तै अन्य खेलमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २–१ ले हरायो । बार्सिलोनाका लागि मार्कस राशफोर्डले ५८औँ र ६७औँ मिनेटमा गोल गरे भने न्यूक्यासलका एन्टोनी गोर्डनले ९०औँ मिनेटमा एक गोल फर्काए ।
त्यस्तै अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले घरेलु मैदानमा काइराट आल्माटीलाई ४–१ ले पराजित ग¥यो । जर्मन क्लब फ्रान्कफर्टले गलातासारेमाथि ५–१ को फराकिलो जित निकाल्यो ।
डेन्मार्कमा एफसी कोपेनहेगन र बायर लेभरकुसेनबीचको खेल २–२ को बराबरीमा टुंगियो । बेल्जियमको क्लब ब्रुगले मोनाकोलाई ४–१ ले हराउँदै प्रतियोगितामा बलियो सुरुवात ग¥यो ।













समाचार
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
रसुवालाई नुवाकोटसँग जोड्न ७५ मिटर लम्बाइको बेलिब्रिज बन्ने
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै