
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने अन्तिम म्याद आज असोज ५ गतेसम्म रहने भएको छ। कम्पनीले भदौ ३० गतेदेखि आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो।
यो आईपीओअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६ सय ४० कित्ता सेयर उपलब्ध गराइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस निष्काशनको विक्रि व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेड तोकिएको छ।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ।
सन् २०१२ (वि.सं. २०६९) मा स्थापना भएको यो कम्पनीको उत्पादन इकाई नवलपुरको देवचुलीमा रहेको छ। सागर डिष्टिलरीले मदिराजन्य उत्पादन गर्दै आएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि