
काठमाडौं । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी दुबै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारणसभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कामना सेवा विकास बैंकले असोज २४ गते, शुक्रबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौंमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
त्यस्तै, यूनिभर्सल पावर कम्पनीले असोज २३ गते, बिहीबार, दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा साधारणसभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४७३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले बोनस सेयर वितरणपश्चात सतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह