
काठमाडौं । नेपाल बैंक लिमिटेड र बुद्ध एयरबीच छुट सम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौताअन्तर्गत नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता भएका ग्राहकहरूले बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सेवामा विशेष छुट पाउनेछन् ।
सम्झौताअनुसार बुद्ध एयरका हवाई टिकट (बुद्ध एयरको कार्यालय काउन्टरमा खरिद गर्दा) मा नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई ८ प्रतिशत छुट दिइनेछ । त्यस्तै बैंकका कर्मचारीहरूले कार्गो सेवामा ३० प्रतिशत छुट पाउनेछन् । सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बुद्ध एयरका मार्केटिङ निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताबाट कर्मचारी र ग्राहकहरूले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै कार्गाे सेवाका विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवाबाट लाभान्वित हुने विश्वास बैंकले व्यक्त गरेको छ ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद