
काठमाडौं । युरोपेली बजारमा नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाली व्यवसायीहरूले जर्मनीको स्टुटगार्टमा जनवरी १७ देखि २५, २०२६ सम्म आयोजित प्रतिष्ठित काराभान, मोटर तथा पर्यटन मेला(सिएमटी) मा सहभागिता जनाएका छन् । उक्त टोलीको संयोजन नेपाल–जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोषचन्द्र कुँवरले गरेका थिए ।
उनीसँगै नेपाल राइजन ट्रेक्स एण्ड एक्स्पेडिसनका शेरबहादुर परियार तथा जर्मनीमा आधारित शेर्पा राइजन जिएमबिएचका नामग्याल शेर्पा सहभागी थिए । सहभागी सबै पर्यटन व्यवसायीहरू जर्मन तथा युरोपेली बजारमा विशेषगरी तीन दशकभन्दा बढी अनुभव भएका अनुभवी उद्यमीहरू हुन् । सहभागिताको उद्देश्य संघको संयुक्त समन्वयमा जर्मनीमा नेपालको पर्यटन प्रवद्र्धनलाई अझ सुदृढ बनाउनु रहेको थियो । सहभागी कम्पनीहरू लामो समयदेखि द्विपक्षीय चेम्बरका सदस्य रहँदै आएका छन् ।
संघका अनुसार मेलामा उनीहरूले नेपालको पर्यटन उत्पादन, साहसिक गन्तव्य, सांस्कृतिक सम्पदा तथा दिगो पर्यटनका अवसरलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गरेका थिए । यस वर्षको सिएमटी मेलामा दुर्ई लाख ६६ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहेको थियो । मेलामा १६ सय प्रदर्शकहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रस्तुत गरेका थिए भने विभिन्न देशको सहभागिता रहेको थियो । अंगोला सन् २०२६ का लागि आधिकारिक साझेदार देशका रूपमा चयन गरिएको थियो । काराभान, मोटर तथा टुरिस्टिक (सिएमटी) मेला पहिलोपटक १९६८ मा आयोजना गरिएको थियो । सुरुमा मोटरस्पोर्ट तथा मनोरञ्जन प्रदर्शनीका रूपमा प्रारम्भ भएको मेला क्रमिक रूपमा पर्यटन, काराभानिङ र मनोरञ्जन क्षेत्रको विश्वकै ठूला सार्वजनिक व्यापार मेलामध्ये एकमा स्थापित भएको बताइएको छ ।
संघका अध्यक्ष कुँवरले संघ विगत ३० वर्षदेखि सिएमटी मेलामा सहभागिता जनाउँदै आएको उल्लेख गरे । उनले यस्ता मेलाहरू नेपाली पर्यटन व्यवसायका लागि अत्यन्त लाभदायक भएको भन्दै युरोपेली बजारमा नेपाली उद्यमीहरूको व्यवसाय प्रवद्र्धन, दिगोपन र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भविष्यमा नेपाललाई सिएमटी मेलाको साझेदार देशका रूपमा प्रस्तुत गर्ने सम्भावनाबारे सिएमटी व्यवस्थापनसँग छलफलसमेत गरेको जानकारी दिए । जसका लागि नेपाल सरकार तथा निजी क्षेत्रका सरोकारवालाबीच घनिष्ठ सहकार्य आवश्यक हुने र पर्यटन तथा लगानी आकर्षणमा सहयोग पुग्ने उनको भनाइ थियो ।
लामो समयदेखि जर्मनीसँग पर्यटन व्यवसाय गर्दै आउनुभएका नामग्याल शेर्पाले जर्मन र नेपाली पर्यटन व्यवसायबीच सहकार्यको विशाल सम्भावना रहेको बताए । तथापि, युरोपेली पर्यटकहरूको रुचिअनुसार नेपालका पर्यटन उत्पादन अझ आकर्षक बनाउँदै प्रभावकारी प्रवद्र्धन र संस्थागत सहयोग आवश्यक रहेको उनको भनाइ थियो । सिएमटी मेलामा नेपाली व्यवसायीको सहभागिताले एकपटक फेरि विश्व पर्यटन बजारमा नेपालको उपस्थिति सुदृढ गर्ने प्रतिबद्धता र नेपाल–जर्मनीबीच पर्यटन तथा यात्रा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ मजबुत बनाउने प्रयासलाई उजागर गरेको संघले जनाएको छ ।













समाचार
नेपालीहरूको जीवन मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति
विद्युत् प्राधिकरणमा ५० हजार विद्युत् मिटर उपलब्ध, नयाँ जडानका लागि निवेदन दिन आग्रह
विश्वकप नकआउटमा आज आइभोरी कोस्ट र नर्वे भिड्दै
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
पाँच सय जनाले पाए सुधारिएको चुलो
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
२४.६३ अंकले घट्यो नेप्से, साढे ५८ करोडले बढ्यो कारोबार रकम
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन