
काठमाडौं । यस साता नेप्से परिसूचक साढे ५ प्रतिशत बढेर बन्द भएको छ। गत साता २५११.९१ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.५८ प्रतिशत अर्थात १४०.०९ अंक बढेर २६५२.०० विन्दुमा पुगेको छ। यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स २३.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ९.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.४६ अंक बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । अघिल्ला साताहरुमा दैनिक औषतमा ५ अर्ब १० करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ४६ करोडको सेयर कारोबार भएको छ। त्यस्तै, यस साता दैनिक औषतमा १ करोड २१ लाख कित्ता सेयर र दैनिक औषतमा ६५ हजार ४२६ पटक कारोबार भएको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे ५ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ४ खर्ब ३४ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। यस साता १३ वटा उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १०.३१ प्रतिशत बढेको छ । गत साता ३५३८.८७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३६४.८० अंक बढेर ३९०३.६७ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ८८४.४१ अंक बढेको छ ।
कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस साता सर्वाधिक २.५१ प्रतिशत घटेको छ । गत साता ११,४३२.६८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २८६.७२ अंक घटेर ११,१४५.९६ विन्दुमा झरेको छ । नेप्सेमा यस साता कुल १ करोड १ लाख २७ हजार ९३८ कित्ता शेयर सूचीकृत भएको छ । यस साता हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य सर्वाधिक ४६.३६ प्रतिशत बढेको छ । गत साता ४७३ रुपैयाँ ५० पैसा रहेको यस कम्पनीको अन्तिम मूल्य, यस साता ६९३ रुपैयाँ पुगेको छ ।












समाचार
नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन