
काठमाडौं । एक पछि अर्को सफलता हासिल गरेको नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलिलाई अर्को इतिहास कायम गर्ने मौका रहेको छ । वेष्टइण्डिज विरुद्धको तीन खेलको सिरिजका दुई खेलमा जित हासिल गरेको नेपालले तेस्रो खेलमा पनि जित हासिल गरेको खण्डमा आईसीसीको पूर्ण सदस्य राष्ट्र विरुद्ध सिरिज क्लिनस्वीपको इतिहास बनाउने भएको हो ।
आज हुने तेस्रो तथा अन्तिम खेलमा नेपालले जित हासिल गरेको खण्डमा यो उपलब्धि हासिल गर्ने छ । सोमबार भएको दोस्रो खेलमा ९० रनको फराकिलो जित सहित एक खेल अगावै नेपालले सिरिज जितिसकेको छ । अब आज हुने खेलमा नेपाल सिरिज क्लिनस्वीप गर्ने योजना सहित मैदानमा उत्रने छ । खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने छ ।
पहिलो खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो । आजको खेलमा नेपालले केही परिवर्तन पनि गर्न सक्ने छ । यो सिरिजका लागि गएका केही खेलाडीलाई आज मौका दिने सम्भावना देखिन्छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम