
काठमाडौं । पछिल्लो १७ वर्षमा समावेशी समूहबाट २५ हजार भन्दा बढी कर्मचारी निजामती सेवामा प्रवेश गरेका छन् । लोकसेवा आयोगका अनुसार १७ वर्षको अवधिमा २५ हजार २१८ कर्मचारीले निजामती सेवामा स्थायी नियुक्ति लिएका हुन् ।
आयोगको वार्षिक प्रतिवेदन अनुसार वि.सं. २०६४ सालदेखि प्रचलित कानुनमा तोकिएका समावेशी समूहका उम्मेदवारबीच प्रतिस्पर्धा गराई पदपूर्ति गर्दै आएको छ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । जसमा २०६४ सालदेखि २०८०/०८१ को अवधिमा विभिन्न ६ समावेशी समूहबाट विज्ञापन गरिएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा मात्रै समावेशी विज्ञापनबाट कुल १ हजार ६६ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । जसमा महिलातर्फ ३४१, आदिवासी/जनजातितर्फ २८२, मधेशीतर्फ २४८, दलिततर्फ १०४, अपाङ्गतर्फ ४९ र पिछडिएको क्षेत्रतर्फ ४२ उम्मेदवार सिफारिस भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा सबै समावेशी समूहका उम्मेदवार खुला विज्ञापनतर्फका प्रतिस्पर्धामा समेत सिफारिस भएका छन् ।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला