दसैँ टीकाको दोस्रो दिन, मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै

काठमाडौं । बुधबार नै विजया दशमीको शुभसाइत सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिनका रूपमा आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने चलन रहेको छ ।

\कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टीकाको दिन मात्र टीका लगाउने चलन छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो ।

यस्तै, हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ । यो दिन व्रत बस्ने, फलाहार मात्र सेवन गर्ने चलन छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रपछि पर्ने यो एकादशीको नामअनुसार पाप गर्नेलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार