काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी 

काठमाडौं । निरन्तर वर्षा भइरहँदा बाढी पूर्वानुमान महाशाखाले काठमाडौँसहित २० जिल्लामा रेड अलर्ट जारी गरेको छ । बाढी महाशाखाले आज काठमाडौँ, ललितपुर, भक्तपुर,  सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिमको सम्भावना देखिएको जनाउँदै रेड अलर्ट जारी गरेको हो ।

त्यस्तै इलाम, झापा, मोरङ्ग, धनकुटा, तेर्हथुम, पांचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ्ग, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा उच्च जोखिम को सम्भावना रहने महाशाखाले जनाएको छ ।

यसैगरी कास्की, लमजुङ्ग, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखांची, प्युठान, दाङ, बांके, बर्दिया र आसपासका जिल्ला भई बहने स साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार