काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण कारण उपत्यकाका नदीहरुमा पानीको बहाव बढेको छ । लगातारको बर्षापछि बागमती, विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको हो ।
शनिबार दिउँसो काठमाडौं उपत्यकाका नदीहरुमा पानीको स्तर बढ्दै गएको छ । अझै दुई दिनसम्म पनि पानी निरन्तर पर्ने भएकाले नदी छेउमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । साथै लामो दूरीका यातायात बन्द गरेको छ। तीन दिनसम्म लामो दूरीको यात्रा नगर्न सरकारले आम नागरिकहरुलाई आग्रह गरेको छ ।