
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९० पैसा र बिक्रीदर ८५ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १२ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ५८ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।












समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
नेपालमा निसानको नयाँ एसयूभी टेकटन लन्च, मूल्य ५१ लाख २९ हजार रुपैयाँ
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ?
चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने
क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा
नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य
गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु