
काठमाडौं । यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ। आजसम्मको विवरणअनुसार अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले आइतबार मात्रै ४४ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताइन् । सबैभन्दा बढी आइतबार इलाममा ३७ जनाको पहिरोमा परेर ज्यान गएको रे पछिल्लो प्रणालीबाट ५० जिल्ला प्रभावित भएको उनले जानकारी दिइन् ।
प्राधिकरणका अनुसार वैशाखयता सबैभन्दा बढी सर्पदंशबाट मात्रै ८६ जनाको मृत्यु भएको छ । त्यसपछि पहिरोमा परेर ४६ तथा चट्याङबाट ४५ जनाको मृत्यु भएको हो । प्राधिकरणले आइतबार सार्वजनिक गरेको विपद्जन्य घटनाको अभिलेखमा बाढीका कारण ३०, भारी वर्षाबाट ६, आगलागीबाट २३, हावाहुरीका कारण आठ, जनावरको आक्रमणबाट २२ र लेक लागेर १९ जनाको मृत्यु भएको उल्लेख छ ।
यस्तै, बाढीबाट २३ जना, पहिरोका कारण तीन र जनावरको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । हालसम्म चार हजार ६५ वटा विपद्जन्य घटना भएको र ती घटनामा परेर एक हजार ७२ जना घाइते भएको पनि प्रवक्ता महतले बताइन् । कुल सात हजार २११ परिवार ती विपद्बाट प्रभावित भएको उनले जानकारी दिइन् ।












समाचार
गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ
‘राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउँछ’ : मन्त्री खनाल
अन्नपूर्ण गाउँपालिकाले पर्वतारोही निर्मल पुर्जाको शालिक बनाउने
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
बाक्सिलामा निर्माणाधीन विद्युत् सवस्टेसन: तीन वर्षको सम्झौता, १० वर्षमा पनि बनेन
भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
डेनमार्कको डाना कपमा सहभागी नेपाली युवा खेलाडीलाई बिज एजुकेसनको सम्मान
एनपीसीआई इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ