
तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ को भानुमतिका कृषकले अकबरे खुर्सानी उत्पादनबाट करिब रु ४५ लाख आम्दानी गरेका छन् । सामूहिक अकबरे खुर्सानीखेती गरेका त्यहाँका कृषकले रु ४५ लाख आम्दानी गरेका हुन् ।
मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषक समूहमार्फत यहाँ अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमानबहादुर थापाले जानकारी दिए । त्यहाँका ३५ जना कृषक अकबरे खुर्सानीखेतीमा आबद्ध छन् । कृषक अखिल सारु मगरले यस वर्ष अकबरे खुर्सानी बिक्रीबाट रु सात लाख आम्दानी गरिसक्नुभएको छ । करिब रु १२ लाख आम्दानी हुने उनको अनुमान छ । कृषक जयकुमार थापाले खुर्सानी बिक्री गरी रु एक लाख ५० हजार आम्दानी भएको जानकारी दिए । उनले मकै र कोदो रोप्ने बारीमा अकबरे खुर्सानी गरेको बताए । असारदेखि अकबरे खुर्सानी बजार पु¥याइएको उनले उल्लेख गरे ।
त्यहाँको कटनछाप, पाथर्दी, सखेप, पाइमे, जौपानीममा व्यक्तिगतसँगै सामूहिक अकबरे खुर्सानीखेती गरिएको छ । वडालाई अकबरेखेतीको पकेट क्षेत्र बनाउन ५० हजार बेर्ना कृषकलाई वितरण गरिएको थापाले बताए। अकबरे खुर्सानी बिक्रीबाट यहाँका कृषकले न्यूनतम ७० हजार आम्दानी गरेका छन् । उनले भने, “अकबरे खुर्सानीले यहाँका कृषकको मुहारमा खुसी ल्याएको छ ।” अकबरे खुर्सानी पिरो भए पनि यसको आम्दानीले कृषकको जीवन गुलियो बनाएको थापाको भनाइ छ । कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न त्यहाँका स्थानीयवासी अकबरे खुर्सानीखेतीमा लागेका हुन् । उक्त खेतीबाट कृषकहरुले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य राखेका छन्।
उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारहरुमा बिक्री गरिएको छ । उनले भने “बजारको समस्या छैन, माग धेरै छ ।” हाल बजारमा प्रतिकेजी रु तीन सयदेखि पाँच सय थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नम्बर ९ ले रु एक लाख अनुदान दिएको थियो ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन