
काठमाडौं । लक्ष्मी सनराइज बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब ७४ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी ३ अर्ब ११ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको बैंकको खुद नाफा २३.२६ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ६ करोड २० लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको नाफा घट्नुको प्रमुख कारण कर्जा लगानी देखिएको समस्याका कारण समग्र बैंकिङ क्षेत्रमा देखिएको मन्दी र निष्क्रिय कर्जाको व्यवस्थापनमा बैंकले भोगको समस्या देखिएको छ ।
बैंकको निष्क्रिष कर्जा बढ्दा सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याएको ‘इम्पेयरिमेन्ट चार्ज’ मा भएको वृद्धि छ । अर्थतन्त्रमा देखिएको मन्दीका कारण कर्जा लगानीबाट उठ्नु पर्ने सावाँ–ब्याजको किस्ता भुक्तानी गर्न नसक्दा बैंकको खराब कर्जा ४.३५ प्रतिशतबाट बढेर ५.२३ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षसम्म बैंकले ३ खर्ब ६७ अर्ब ५ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.७७ प्रतिशत रहेको छ । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ६.७८ प्रतिशत बढेर ११ अर्ब ५८ करोड ८५ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ८५ करोड १९ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ४५ करोड ९६ लाख ८८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब ६६ करोड ६४ लाख १५ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ७० करोड ८६ लाख २ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब १८ करोड ८६ लाख ९३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १४ अर्ब १६ करोड १ लाख ९३ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ३ करोड ४ लाख २३ हजार रुपैयाँ रहेको छ ।
नियामकीय समायोजनपछि बैंकले गत आवमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड ८९ लाख ४७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ६.७९ प्रतिशत रहेको छ । नाफा घट्दा बैंकको लाभांश वितरण गर्ने क्षमतामा भने उल्लेख्य गिरावट आएको छ । अघिल्लो वर्ष यस्तो क्षमता १२.१८ प्रतिशत थियो ।
२६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ८० करोड ८० लाख ६८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १६.६८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ११.६४ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८.४८ गुणा छ ।













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण