एशियन हाइड्रोपावर र साम्लिङ्ग पावरको विद्युत उत्पादन रोकियो

काठमाडौं । अबिरल बर्षाका कारणल एशियन हाइड्रोपावर र साम्लिङ्ग पावरको विद्युत उत्पादन रोकिएको छ । असोज १८ गते देशभरकै धेरैजसो ठाउँमा परेको भारी वर्षाका कारण आएको बाढीले साम्लिङ्ग पावर कम्पनी लिमिटेड र एशियन हाइड्रोपावर लिमिटेडमा ठूलो मात्रामा क्षति पुगेको हो ।

असोज १९ गते बिहान करीब २÷३ बजेको समयमा अनपेक्षित रूपमा पहिरो र बाढी आएको र त्यसले साम्लिङ्ग पावरले सञ्चालन गरेको माई बेनी जलविद्युत आयोजना ९.५१ मे.वा को भौतिक संरचनामा ठूलो क्षति पुगेको कम्पनीले जनाएको छ । उक्त खोलामा बाढी आउने क्रम अझै नरोकिएको र क्षति एकीन गर्ने काम जारी रहेकाले हाल विद्युत उत्पादन पूर्ण रूपमा बन्द रहेको कम्पनीले बताएको छ ।

त्यस्तै एशियन हाइड्रोपावरले सञ्चालन गरिरहेको जोगमाई खोला जलविद्युत आयोजना ६.२ मे.वा को भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको कम्पनीले जानकारी दिएको छ । खोलाको बाढी अझै पूर्ण रूपमा नरोकिएको र क्षतिको एकीन गर्ने काम भइरहेकाले उत्पादन ठप्प भएको कम्पनीले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार