
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संघीय राजधानी उपत्यकाअर्तगत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका उम्मेदवारहरुका तर्फबाट साझा प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरेका छन् । काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरण गराउने पहल गरेका हुन् ।
यसका लागि उनले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दाहरुमा उम्मेदवारहरुबीच परामर्श गरिरहेका छन् । परामर्शपश्चात तयार पारिने बुँदा सार्वजनिक गर्ने तयारी गरिएको महामन्त्री पौडेलले बताए । ‘संघीय राजधानीमा धेरै जिल्ला र क्षेत्र छन्,’ उनले भने, ‘आ आफ्नो क्षेत्रमात्र भन्दा पनि सबै जिल्ला र क्षेत्रको विकासमा साझा सहमति जुटाएर अघि बढे नागरिकमाझ जान र भावी दिनमा काम गर्न समेत सजिलो हुने विश्वास छ ।’
महामन्त्री पौडेलले सांसद रहँदा उपत्यकाको रिङ रोडको विकासका लागि उपत्यकाभित्रका सांसदहरु तथा सरकासमक्ष समेत दबाबमूलक अभियान चलाएका थिए । फलस्वरुप अहिले काठमाडौंभित्रको रिङरोडको विकास योजनाले गति पाएर सडक व्यवस्थित प्रक्रिया अघि बढिरहेको छ ।












समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने