
काठमाडौं — ज्याठाबहलस्थित श्री पद्मवर्ण महायान विहार (गुम्बा) मा आगामी २०८१ साल चैत ३ गते, आइतबार, वार्षिक काङ्ग्युर पाठ आयोजना हुने भएको छ। श्रद्धेय गुरु छ्योकि निमा रिपोचेयज्यूको आज्ञा अनुसार गुम्बाका संस्थापक स्वर्गीय आचार्य भवदन्त मञ्जुघोष शासानधरज्युको ३१ औं तिथिमा यो धार्मिक कार्यक्रम आयोजना गर्न लागिएको हो।
बुद्ध धर्मावलम्बीहरूका लागि अत्यन्त महत्वपूर्ण मानिने काङ्ग्युर पाठले विश्व शान्ति, दुःख नाश, मनोकामना पूर्ति र बुद्ध ज्ञान प्राप्त हुने विश्वास गरिन्छ।
यस अवसरमा गुरु भवदन्त मञ्जुघोष शासानधरज्युको पुण्य स्मरण गरिनेछ भने उपस्थित भक्तजनहरूले धर्मलाभ लिन र मनोकामना पूर्तिका लागि पूजा अर्पण गर्न सक्नेछन्। साथै, इच्छुक भक्तजनहरूले दान, दक्षिणा वा अन्य आवश्यक सहयोग समेत गर्न सकिनेछ ।
धर्म गुरु जिन्पा ग्याछोज्युका अनुसार यो कार्यक्रमले आध्यात्मिक उन्नति र सामुदायिक एकताको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ। आयोजकहरूले सम्पूर्ण श्रद्धालुहरूलाई कार्यक्रममा उपस्थित भई धर्मलाभ लिन अनुरोध गरेका छन्।
कार्यक्रम बिहान ८:०० बजे गुम्बा परिसरमा सुरु हुनेछ।
कार्यक्रम विवरण निमनानुसार छन् :
स्थान: श्री पद्मवर्ण महायान विहार (गुम्बा),ज्याठाबहल
मिति: २०८१ चैत ३ गते, आइतबार
समय: बिहान ७ :०० बजे (गुम्बा परिक्रमा ) पाठ सुरु हुने।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट