
काठमाडौं । मेलेसियामा जारी टि–२० सिरिज अन्तर्गत चौथो खेलमो नपाल विजयी भएको छ । मंगलबार भएको खेलमा कप्तान इन्दु बर्माको कप्तानी पारीसँगै नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
यो जितसँगै ५ खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ । यसअघि मलेसियाले ३ र १३ रनको जित हात पारेको थियो । नेपालले भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । अब बुधबार हुने अन्तिम खेलले सिरिजको विजेता टुंगो लगाउने भएको छ ।
सिरिजमा पुनरागमन गराउन इन्दुले अविजित रहँदै सर्वाधिक ४८ रन बनाइन् । ३९ बल खेलेकी उनले ६ चौका प्रहार गरिन् । रुविना क्षेत्रीले २३ रन बनाइन् । उनी पनि अविजित रहिन् । कविता कुँवर १६ र सम्झना खड्का ११ रनमा आउट भइन् । मलेसियाका आइन्ना हसिम, नूर दानिया र इज्जती इस्लामले समान १ विकेट लिए ।
त्यसअघि बायोमास क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको थियो । मलेसियाकी मास एलिसाले सर्वाधिक ५६ रनको योगदान दिइन् । इज्जती इस्लाम १८ र नूर दानिया १५ रनमा आउट भइन्।
मलेसियालाई सस्तैमा रोक्न कविताले सर्वाधिक ३ विकेट लिइन् । पूजा महतो र कविता जोशीले नाममा समान एक विकेट राखे ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह