काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन उच्च अंकले घटेको बजार आज भने २२.५९ अंकले बढेर कारोबार भएको हो ।
आजको कारोबार खुलेको पहिलो ३ मिनेटमा नै ४ प्रतिशतले बढेर २० मिटेका लागि बन्द भएको बजार त्यस पछि भने घटेर अन्तिममा २२.५९अंकले बढेर २५८२.१८विन्दुमा पुगेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.८४ अंकले बढेर ४५१.३१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको सेयर मूल्य घटेको छ ।
आज सेयर बजारमा २०० कम्पनीको सेयर मूल्य बढ्को छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । परिसूचक दोहोरो अंकले बढेको दिन सेयर बजारमा ५ अर्ब माथिको कारोबार भएको छ । आज ३१३ कम्पनीका १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर ५६ हजार ३२१ पटक खरिद बिक्री हुँदा ५ अर्ब २७ करोड ३२ लाख २१ हजार ४७९ रुपैयाँको कारोबार भएको छ ।