
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको साधारणसभा स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको सभा गणपूरक संख्या नपुगे पछि स्थगित गरिएको हो ।
कम्पनीले लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको थियो । कम्पनी ऐन, २०६३ तथा कम्पनीको नियमावली बमोजिमको गणपूरक संख्या नपुगेपछि साधारणसभा स्थगित गर्नु परेको कम्पनीले जनाएको छ । उक्त सभा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको छ ।
सभाले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर तिर्नका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने र त्यसपछि कायम हुने चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव तय पारीत गर्ने कार्यतालिका रहेको थियो ।
त्यसैगरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने र नियामक निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि समावेश थियो ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि