
काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ।
नेविसंघले भदौ २३ र २४ गते आयोजित जेनजी युवा आन्दोलनका क्रममा घटेका अप्रिय घटनाहरूको छानबिनको माग गर्दै काठमाडौं र ललितपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हो।
उनीहरूले विद्यार्थीहरूलाई आन्दोलनमा उक्साएको, आगजनी तथा तोडफोडमार्फत राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याएको, साथै सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको आरोप लगाउँदै अनुसन्धान गर्न माग गरेका छन्। उजुरी दर्ता गर्नेहरूमा नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह रहेका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
एभरेष्ट बैंकको नाफा ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफा कति ?
ग्लोबल आइएमई बैंकको नाफा उछाल, अधिकांश सूचक सकारात्मक हुदाँ लाभांश क्षमता कति ?
एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
३३ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता कति ?
बेनी–जोमसोम सडक रातिमा बन्द
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै