
काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा एशिया प्यासेफिक छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारको सामना गर्दैछ । सो खेल नेपाली समय अनुसार राती ८ः४५ बजे शुरु हुनेछ ।
छनोट प्रतियोगितामा आफ्नो विजय यात्रालाई निरन्तरता दिन खेल्दैछ । समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै समूह विजेता बनि सुपरसिक्समा पुगेको नेपालले हिजो आइतबार भएको खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो । नेपालले कतारसँग यसअघि तीन पटक खेलिसकेको छ । जसमध्ये २ खेलमा नेपालले कतारलाई पराजित गरेको थियो भने एक खेलमा कतारले नेपाललाई हराएको थियो ।
यूएईलाई पराजित गरेपश्चात नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा भने ओमान रहेको छ । ओमान नेट रनरेटका आधारमा पहिलो स्थानमा पुगेको हो । नेपालसँग पराजित यूएई र जापान दुबै २ अंकसहित क्रमश तेस्रो र चौथो स्थानमा छन् । सुपर सिक्समा शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने २० टिमको टी २० विश्वकपमा स्थान बनाउनेछ ।













समाचार
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कर्णाली प्रदेश सभाका सांसद शर्मा पदमुक्त
नारायणीको जलसतह साढे चार मिटर घट्यो
टिमुरेको टेलिफोन टावरमा सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
विद्युत आपूर्तिलाई व्यवस्थित एवम् सन्तुलित बनाउने कार्यमा अगाडि बढेको छ : प्राधिकरण
विद्युत महसुलमा लगाइएको भ्याटले लागत बढ्यो, फिर्ता लिन सरकारलाई महासंघको आग्रह
चार महिनापछि सुकेटार विमानस्थलमा उडान सुरु, ताप्लेजुङवासीमा खुसी
हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार
१५२ देशसँग वैदेशिक व्यापार: ३१ मुलुकसँग मात्रै नाफा
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला