नेपालले कतारको सामना गर्दै 

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा एशिया प्यासेफिक छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारको सामना गर्दैछ । सो खेल नेपाली समय अनुसार राती ८ः४५ बजे शुरु हुनेछ ।

छनोट प्रतियोगितामा आफ्नो विजय यात्रालाई निरन्तरता दिन खेल्दैछ । समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै समूह विजेता बनि सुपरसिक्समा पुगेको नेपालले हिजो आइतबार भएको खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो । नेपालले कतारसँग यसअघि तीन पटक खेलिसकेको छ । जसमध्ये २ खेलमा नेपालले कतारलाई पराजित गरेको थियो भने एक खेलमा कतारले नेपाललाई हराएको थियो ।

यूएईलाई पराजित गरेपश्चात नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा भने ओमान रहेको छ । ओमान नेट रनरेटका आधारमा पहिलो स्थानमा पुगेको हो । नेपालसँग पराजित यूएई र जापान दुबै २ अंकसहित क्रमश तेस्रो र चौथो स्थानमा छन् । सुपर सिक्समा शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने २० टिमको टी २० विश्वकपमा स्थान बनाउनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार