कहिले खोलिन्छ बरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयरको बोलपत्र ? 

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर खरीदका लागि परेका बोलपत्रहरू मंगलबार खोलिने भएको छ । भोलि बिहान ८ बजे काठमाडौंको टेकुस्थित बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बोलपत्र खोलिने कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले असार ३१ देखि भदौ ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दा सर्वसाधारण समूहतर्फको २ लाख ३८ हजार ४४३ कित्ता बाँकी बसेको थियो । यसरी बाँकी बसेको सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले कम्पनीले भदौ २९ देखि असोज १२ गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री खुला गरेको थियो । उक्त अवधिभर परेका बोलपत्रहरू भोलि खोलिन लागिएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार