
पाँचथर । पाँचथरको फिदिम–फालोट सडकखण्डअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्ने काम भइरहेको छ । गत असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि यो सडक अवरुद्ध भएको थियो ।
पूर्वाधार विकास कार्यालय पाँचथरले फिदिम नगरपालिका–१ र ११ को सिमानामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइप राखेर डाइभर्सन निर्माण गरिरहेको छ । कार्यालयका इन्जिनियर मुकेश शाहका अनुसार डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना छ ।
सडक अवरुद्ध भएपछि यात्रुहरू करिब १५ मिनेट पैदल हिँडेर खोला वारपार गरिरहेका छन् । सामान ढुवानी तथा बिरामीलाई खोला पार गराउन भने समस्या भएको छ । गत वर्ष असोज १२ गते बाढीले यहाँ रहेको सडक पुल बगाएको थियो । त्यसपछि अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन भइरहेकोमा गत जेठमा बनाइएको स्थायी डाइभर्सनलाई पनि असोज १८ गतेको बाढीले बगाएको थियो । यहाँ बेलिब्रिज जडानको प्रक्रिया अघि बढे पनि बजेट अभावले काम हुन सकेको छैन ।












समाचार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी