फेमे खोलामा डाइभर्सन निर्माण हुँदै, यातायात सुचारु गर्ने तयारी

पाँचथर । पाँचथरको फिदिम–फालोट सडकखण्डअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्ने काम भइरहेको छ । गत असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि यो सडक अवरुद्ध भएको थियो ।

पूर्वाधार विकास कार्यालय पाँचथरले फिदिम नगरपालिका–१ र ११ को सिमानामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइप राखेर डाइभर्सन निर्माण गरिरहेको छ । कार्यालयका इन्जिनियर मुकेश शाहका अनुसार डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना छ ।

सडक अवरुद्ध भएपछि यात्रुहरू करिब १५ मिनेट पैदल हिँडेर खोला वारपार गरिरहेका छन् । सामान ढुवानी तथा बिरामीलाई खोला पार गराउन भने समस्या भएको छ । गत वर्ष असोज १२ गते बाढीले यहाँ रहेको सडक पुल बगाएको थियो । त्यसपछि अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन भइरहेकोमा गत जेठमा बनाइएको स्थायी डाइभर्सनलाई पनि असोज १८ गतेको बाढीले बगाएको थियो । यहाँ बेलिब्रिज जडानको प्रक्रिया अघि बढे पनि बजेट अभावले काम हुन सकेको छैन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार