
काठमाडौं । टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । यो सँगै नेपालले छनोट उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ ।
हिजोको खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रनमा समेटियो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । यो खेलअघि नै नेपाल सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी–२० विश्वकपका लागि छनोट भईसकेको छ । विश्वकपमा २० टोली सहभागी हुनेछन् । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो ।
नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले अव अन्तिम खेलमा भोलि सामोआसँग खेल्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह