
काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट प्रतियोगिताको अन्तिम खेल आज नेपाल र सामोआबीच हुँदैछ । विश्वकपमा छनोट भइसकेको नपाल र तालिकाको पुछारमा रहेको सामोआबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा चार बजे शुरु हुनेछ ।
नेपालले आफ्नो अविजित यात्रा जारी राख्न र ट्रफीका लागि खेल्दैछ भने सामोआ सुपरसिक्समा आफ्नो पहिलो जितको लागि खेल्नेछ । दुई खेल खेल्न बाँकी हुँदा नै विश्वकपमा छनोट भइसकेको नेपाल ८ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । सामोआले भने अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन ।
आजको खेलमा जित निकाल्दै नेपाल छनोट प्रतियोगिताको उपाधि उचाल्ने योजनामा रहेको छ । आजको खेलमा जित निकाले नेपालले यो प्रतियोगिता अपराजित रहँदै उपाधि उचाल्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘कल बाइसपास’मा संलग्न ४ जना पक्राउ
गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाइयो
आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारवाहीमा
पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री पौडेलको जोड
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
ब्रड पिक हिम पहिरो अपडेट : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु