
काठमाडौं । भगवति हाइड्रोपावरको साधारणसभा आज बस्दैछ । कम्पनीको २५ औँ साधारणसभा आज पोखराको आव्या क्बलममा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
सभाले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र सोको कर तिर्न ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने, १ जना महिला र स्वतन्त्र सहित सहित ७ जनाको सञ्चालक समिति कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी जारी पुँजी वृद्धि गर्ने, सञ्चालकमा नियुक्ति हुन कम्तीमा १०० कित्ता सेयर लिएको हुनुपर्ने र यसका लागि तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि तय गरिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसको आधारमा असोज २० गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान