
काठमाडौं । जारी शरद ऋतुमा अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार हिमालयन भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गएका फ्रान्सेली नागरिक हुगो लुसियो लाजारोको मृत्यु भएको छ ।
६ कात्तिकमा अमादब्लम सफल आरोहण गरी फर्कने क्रममा उनको स्वास्थ्यमा समस्या आएको थियो । उनलाई क्याम्प ३ बाट हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो । उपचार क्रममा उनको ७ कात्तिकमा मृत्यु भएको विभागले जनाएको छ । यसैगरी ८के एक्सपिडिसन मार्फत गएका कोरियाली नागरिक होङखाई पार्कको आइतबार मृत्यु भएको छ । उनको अमादब्लम आरोहण गर्ने क्रममा क्याम्प १ र क्याम्प २ को बीचमा मृत्यु भएको हो ।
विभागका अनुसार दुवै विदेशी आरोहीको मृत शरीर सम्बन्धित मुलुकमा फिर्ता लैजाने प्रयोजनका लागि समन्वय र सहजीकरण भइरहेको विभागले जनाएको छ ।













समाचार
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता