
काठमाडौं । भारतले आज तेस्रो टि ट्वान्टी आईमा अष्ट्रेलियालाई ५ विकेटले हराउँदै ५ खेलको सिरिज १–१ बराबरीमा गरेको छ। होबार्टको बेलरिभ ओभल मैदानमा भारतले अष्ट्रेलियालाई पहिलो पटक टि ट्वान्टी आईमा पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनायो। टिम डेभिड र मार्कस स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। भारतका बलर अर्शदीप सिंह सबैभन्दा सफल रहे । उनले ४ ओभरमा ३५ रन दिए र ३ विकेट लिए। उनले सुरुमा ट्राभिस हेड र जोश इङ्लिसलाई आउट गर्दै अष्ट्रेलियालाई १४/२ को अवस्थासम्म सिमित गरे ।
उनले मार्कस स्टोइनिसको क्याच लिए । अर्शदीप ‘प्लेयर अफ द म्याच’ बने। बरुण चक्रवर्तीले २ विकेट लिए। भारतले जवाफी इनिङ्स आक्रामक रुपमा सुरु गर्यो। अभिषेक शर्माले १६ बलमा २५ रन बनाए । कप्तान सूर्यकुमार यादवले ११ बलमा २४ रन जोडे। तिलक वर्माले २९ ,अक्षर पटेल १७ र शुभमन गिलले १५ रन बनाए।
अन्त्यमा वासिङटन सुन्दरले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई जित तर्फ अघि बढाए। उनले केवल २३ बलमा नटआउट ४९ रन बनाए। सुन्दरलाई जितेश शर्माले २२ रन जोड्दै राम्रो साथ दिए। भारतले ९ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। सिरिजमा अब २ खेल बाँकी छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय