
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अकंले घटेर २६२२.८९ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोडको कारोबार भएको हो ।
आज ७ समूहको सेयर मूल्यमा गिरावट देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.२२ प्रतिशत, फाइनान्स समूहको ०.१२ प्रतिशत, हाइड्रोपावर समूहको १.०५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.७० प्रतिशत र जीवन बीमा समूहको १.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यस्तै, ७२ कम्पनीको सेयर मूल्यमा सुधार आएको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको हो । सोमबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शिवम सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको हो ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ३३ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २४ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई ऋणपत्र २०८९ का इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै र्स्टन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व