
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा नबिल बैंक लिमिटेडले करिब २ अर्ब रुपैयाँको नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वितीय विवरण अनुसार १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको पहिलो तीन महिनामा बैंकको नाफा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको थियो । वितीय विवरण अनुसार बैंकले असोज मसान्तसम्म ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिसम्म बैंकको यस्तो आन्दानी ४ अर्ब १४ करोड २ लाख रुपैयाँ रहेको थियो ।
यस वर्ष बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ३२ करोड ८८ लाख रुपैयाँबाट घटेर ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँबाट घटेर २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २९.८३ रुपैयाँबाट घटेर २५.४९ रुपैयाँमा झरेको छ भने खराब कर्जा (एनपीएल) १.४२ प्रतिशतबाट घटेर ०.९७ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४०.७२ रुपैयाँ रहेको छ।
चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र रिजर्भमा ३२ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ रहेको छ । बैंकले ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी ५ खर्ब ५६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै