
कञ्चनपुर । शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घको आयोजनामा कञ्चनपुरको झलारीस्थित खुला मञ्चमा आजदेखि तेस्रो शुक्लाफाँटा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला सुरु भएको छ ।
स्थानीय अर्थतन्त्र सुदृढीकरण, आत्मनिर्भरता प्रवद्र्धन र सुदूरपश्चिमको समृद्ध भविष्य निर्माणका उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा स्थानीय संस्कृति प्रवद्र्धन गर्ने, पर्यटकीय क्षेत्रको प्रचारप्रसार, हस्तकलाका सामग्रीको प्रदर्शन तथा स्थानीय मौलिक परिकार प्रदर्शनी गरिएको सङ्घका उपाध्यक्ष वासुदेव भण्डारीले बताए ।
योसँगै मेलामा कृषि, औद्योगिक उत्पादन, फुड फेस्टिभल र डकुमेन्ट्री प्रदर्शन, बाल–रमाइलो मेला, सांस्कृतिक झाँकी र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति राखिएको उनले उल्लेख गरे । आयोजकका अनुसार कात्तिक २५ गतेदेखि मङ्सिर ७ गतेसम्म लाग्ने मेलामा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला आयोजना गर्न रु ३९ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
मेलाको मुख्य प्रवद्र्धक शुक्लाफाँटा नगरपालिका रहेको छ । खर्चको व्यवस्थापन उद्योग वाणिज्य सङ्घ, स्थानीय तह, प्रायोजक र स्टल शुल्कबाट गरिनेछ । मेलाको सञ्चालनका लागि १८१ सदस्यीय मूल समिति र नौ विषयगत समिति गठन गरिएको छ । जिल्लाको मध्य भूगोलमा मेला आयोजना भइरहेको यस महोत्सवले स्थानीय उत्पादन, पर्यटन प्रवद्र्धन र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकले लिएका छन् ।













समाचार
सेयर बजारको समस्या समाधानका लागि कांग्रेसले थाल्यो विज्ञहरूसँग परामर्श
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग
सगरमाथा आरोहणसम्बन्धी वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन
‘विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्’
पर्वतमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण
काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु
वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो