
काठमाडौं । त्रिवि कीर्तिपुर क्रिकेट रंगशालामा प्रथम चरणमा निर्मित प्याराफीट र फ्लडलाइट सरकारले नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गरेको छ । दुवै काम सकिएपछि क्यानलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको हो ।
रंगशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्याराफीट निर्माण गरिएको छ । यो रंगशालामा आज सोमबारदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल सुरु हुँदैछ । शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्रिकेट रङ्गशालामा पहिलो चरणअन्तर्गत निर्मित प्यारापेट र फ्लडलाइट सञ्चालनका लागि आइतबार राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरिएको हो ।
‘फ्लडलाइटको उज्यालोसँगै रंगशाला मात्र उज्यालो भएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदैछ,’ सामाजिक सञ्जालमा कुलमानले लेखेका छन् । वर्षौंदेखि देखिएको पूर्वाधार सम्पन्न क्रिकेट रङ्गशालाको सपना अब वास्तविकतामा परिणत हुँदैछ । खेलकुदले एकातर्फ युवाहरूलाई अनुशासित र उर्जाशील वनाउदै देशलाई एकतामा बाँध्ने क्षमता राख्दछ भने अर्कोतर्फ देशको आर्थिक विकास र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ । शहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १०अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ ।
आगामी ३ वर्षभित्र सम्पूर्ण निर्माण सकिएपछि सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको भव्य क्रिकेट रङ्गशाला नेपालले पाउने समेत उनले जनाए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम