
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्स विरुद्ध चितवन राइनोजले जित निकालेको छ । चिवनले कर्णालीलाई ४ विकटले पराजित गरेको हो ।
जितका लागि पाएको १६७ रनको लक्ष्य चितवनले १८.५ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । चितवनको जितमा रवि बोपाराले ५२ रनको योगदान दिए । त्यस्तै दीपक बोहराले ४२ रनको योगदान दिए । सैफ अली जैबले ३८ रन बनाए भने कप्तान कुशल मल्लले २० रनको योगदान दिए ।
कर्णालीका लागि कप्तान सोमपाल कामीले २ विकेट लिए । युवराज खत्री, मार्क वाट र युनिश सिंह ठकुरीले एक एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारीत २० ओभरमा ३ विकेट गुमाएर १६६ रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पान्चालले सर्वाधिक ९० रनको योगदान दिए । त्यस्तै पवन सराफले २७ रन बनाए । त्यस्तै माक्स ओडाउडले पनि टोलिका लागि २० रनको योगदान दिए । चितवनका लागि रवि बोपार, सैफ अली जैब र सोहेल तनभिरले एक–एक विकेट लिए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व