
काठमाडौं । सशस्त्र प्रहरी बलमा तीन जना डीआईजीको दरबन्दी थप भएको छ । मंगलबारको मन्त्रीपरिषद् बैठकले सशस्त्रमा तीन जना डीआईजीको दरबन्दी थप गरेको हाे ।
थप भएको दरबन्दीअनुसार कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलेलिजेन्स ब्यूरोको कमाण्ड अब डीआईजीले गर्नेछन् । यसअघि यी युनिटको कमाण्ड एसएसपीले गर्दै आएका थिए । योसँगै अब सशस्त्रमा २१ डीआईजी हुने भएका छन् । यसअघि २ प्राविधिकसहित १८ डीआईजी थिए । त्यस्तै कीर्तिपुरमा रहेको निलबाराही गणलाई दंगा नियन्त्रण गण बनाइएको छ । उक्त गणमा एसपीले कमाण्ड गर्दै आएकोमा त्यसलाई स्तरोन्नति गरेर एसएसपीले कमाण्ड गर्ने बनाइएको छ ।
दंगा नियन्त्रणबारे सशस्त्र प्रहरी बलले पेस गरेको प्रस्तावमा एसएसपीको कमान्डमा काठमाडौंमा छुट्टै दंगा नियन्त्रण गण बनाउनुपर्ने माग थियो । मन्त्रीपरिषद्ले यो प्रस्तावलाई स्वीकृत गरेको हो ।
फेसबुक प्रतिक्रिया












समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना