काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेसँगै सुदुरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो ।
एनपीएलमा सुदूरपश्चिमले पहिलो खेल खेल्न लागेको हो । काठमाण्डु भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।