
काठमाडौं । शुभम पावर लिमिटेडले आफ्ना सेयरधनीलाई निराश पारेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले बिना लाभांश साधारणसभाको मिति घोषणा गरेको हो ।
कम्पनीले यही मंसिर २६ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा मन्ध्यान साढे १२ बजे ११ औँ वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ । आफ्ना सेयरधनीहरूका लागि लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस कम्पनीको साधारणसभाले गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाहीहरू अनुमोदन गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र सञ्चालक समितिको भत्ता, सेवा सुविधा लगायतका प्रस्तावहरू पनि सभाका लागि तय गरिएका छन्।
कम्पनीले साधारणसभा प्रयोजनार्थ मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण बुक क्लोजका आधारमा मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन सक्नेछन् ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि