काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तगर्त आजको दोस्रो खेलमा काठमान्डू गोर्खाजले विराटनगर किङ्सलाई जितका लागि १३५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डूले निर्धारीत ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएपछि विरानटरले उक्त लक्ष्य पाएको हो ।
काठमाडौंका लागि आदिल आलमले सार्वधिक ४८ रनको योगदान दिए । त्यस्तै बेन चाल्र्सवर्थले ३२ रनको पारी खेले । त्यस्तै सन्तोष यादबले २६ रनको योगदान दिए । अन्यको प्रदर्शन सम्झन लायक रहेन् ।
विराटनगरका लागि मर्चेन्ट डे लाङले २ विकेट लिए । शुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए । विराटनगरले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ । आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो ।