
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.९४ प्रतिशतले बढी हो ।
आज सेयर बजारमा २१५ कम्पनीको सेयर मूल्य बढेको छ भने भने ३७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.८४ अंकले बढेर ४५६.१३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये सबै उपसूचकको सेयर मूल्य बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकमा पनि वृद्धि भएको छ । अघिल्लो दिन ६ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ७ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३० कम्पनीका १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर ७९ हजार ७१४ पटक खरिद बिक्री हुँदा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १३६ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू