काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको लिलाम सेयर बाँडफाँड गरिएको छ । कम्पनीको कात्तिक २० देखि २७ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको सेयर बाँडफाँड गरेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको सर्वसाधारण समूहतर्फको ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले लिलाम बिक्रीमा राखेको थियो । बिक्री अवधिभर सेयर खरीदका लागि परेका गोप्य शिलबन्दी बोलपत्रहरू मंसिर ५ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।
बाँडफाँडको अन्तिम मूल्य सर्वसाधारण समूहतर्फ प्रतिकित्ता १४० रुपैयाँ कायम भएको कम्पनीले जानकारी दिएको छ ।