
काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । पाँच खेलबाट १० अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ। सुदूरपश्चिमले लिग चरणमा चितवन, विराटनगरसँग खेल्न बाँकी छ । लगातार चौथो खेलमा हार भोगेसँगै साविक विजेता जनकपुर बोल्ट्सको प्लेअफमा पुग्ने सम्भावना कठिन भएको छ । जनकपुरले अब चितवन राइनोज, लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ ।
जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो। तेस्रो विकेटका लागि विनोद भण्डारी र इशान पाण्डेले ९२ रनको साझेदारी गर्दै सुदूरपश्चिमको इनिङ्स उकासेका थिए । सुदूरपश्चिमले दोस्रो ओभरमा नै एक रन बनाउँदा दुई विकेट गुमाएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए। उनले ३३ सात चौका र एक छक्का प्रहार गरे। उनी ६५ रनमा आउट भए । त्यस्तै, विनोद भण्डारी ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४२ रन बनाउँदै पेभेलियन फर्के । अर्का ओपनर जस ब्राउन गोल्डेन डकआउट भए। क्रिस लिन एक रन बनाउँदा क्याच आउट भए । हरमित सिंह २५ र कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा नटआउट रहे ।
जनकपुरका लागि माज सदाकतले दुई विकेट लिए । सञ्जय कृष्णमूर्तिले एक विकेट आफ्नो नाममा गरे । यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले आठ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले अर्धशतक पूरा गरे । त्यस्तै, ३३ बलमा चार चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाएका जान निकोल लफ्टी इटोन अविनास बोहराको बलमा हरमित सिंहको हातबाट क्याच आउट भए ।
सुदूरपश्चिमका लागि अविनास बोहराले चार विकेट झारे। स्कट कुगेलाइनले तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले एक विकेट आफ्नो नाममा गरे । यो खेलमा सुदूरपश्चिमका इशान पाण्डे प्लेयर अफ द म्याच भए। उनले ३५ बलमा ५६ रन बनाएका थिए । आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफ सम्भावना जिवित राखेको छ । एनपीएलमा आइतबार एक खेल मात्र हुनेछ । आइतबार अपराह्न साढे ३ बजे कर्णाली याक्स र काठमाडौ गोर्खाज भिड्नेछन्।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम