प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.१८ अंकले घटेर बन्द भएको हो ।

आजको प्रि ओपन सेसनमा २९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ कम्पनीको मूल्य बढेको छ । त्यस्तै आजको उक्त सेसनमा ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०९ अंकले बढेर ४५७.०८ विन्दुमा पुगेको छ ।

आजको प्र ओपन सेसनमा ५० कम्पनीका १७ हजार ९६९ कित्ता सेयर ९१ पटक खरिद बिक्री हुँदा ६८ लाख ४२ हजार ९६४ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार