प्रि ओपन सेसनमा ४ अंकले घट्यो नेप्से

काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक भन्दा धेरैले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.३३ अंकले घटेर २६४०.९० विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै तीन कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ ।  त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.७६ अंकले घटेर ४५४.५० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ५२ कम्पनीका ७ हजार २८६ कित्ता सेयर ७४ पटक खरिद बिक्री हुँदा ४० लाख ३० हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार