काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले बढेर तोलाको ३ हजार ६५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ३ हजार ३४५ रुपैयाँमा करोबार भएको थियो ।