
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन एकल अंकले बढेको बजार आज एकल अंकले नै घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक ७.८६ अंकले घटेर २६०६.२० विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६९ वटाको सेयर मूल्य घटेको छ भने ७९ कम्पनीको सेयर मूल्य बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.८६ अंकले घटेर ४४६.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने १ वटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन आज सेयर बजारमा ३ अर्ब ७३ करोड माथिको कारोबार भएको छ । आज ३२९ कम्पनीका ८६ लाख ४७ हजार ९४८ कित्ता सेयर ९१ हजार ३९४ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा ३ कम्पनीमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीको ३३ लाख ५० हजार सहयोग
नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो
गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव अर्थ समितिबाट पारित
नबिल बैंकको साधारण सभा २२ गते, बुक क्लोज कहिले ?
असोज १ देखि सार्वजनिक सवारीसाधनको दर्ता खुला